काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।
न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो ।
यी हुन् जिल्ला न्यायाधीशमा सिफारिस भएकाहरू-
- नारायण रिमाल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ
- यामबहादुर बानियाँ, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट
- रुद्रप्रसाद सुवेदी, उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय
- धर्मराज पौडेल, जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा
- टंकबहादुर महत, उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
- सुवर्णमान बनेपाली, उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग
- तीर्थराज भट्ट, रजिस्ट्रार, उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
- सरिता रायमाझी, उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
- प्रतिमाकुमारी भट्टराई पोखरेल, उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन
- शिवप्रसाद पराजुली, स्रेस्तेदार, रोल्पा जिल्ला अदालत
- लालसिंह थापा, इजलास अधिकृत, सर्वोच्च अदालत (काज: उच्च अदालत पोखरा, बागलुङ इजलास)
- शम्भुप्रसाद रेग्मी, इजलास अधिकृत, सर्वोच्च अदालत
- दीपेन्द्रनाथ योगी, स्रेस्तेदार, जुम्ला जिल्ला अदालत
- दुर्गाप्रसाद बस्याल, इजलास अधिकृत, सर्वोच्च अदालत
- दीपक धिताल, इजलास अधिकृत, सर्वोच्च अदालत
- मेघनाथ चापागाई, उपसचिव, न्याय परिषद् सचिवालय
- मीनबहादुर कुँवर, इजलास अधिकृत, सर्वोच्च अदालत
- इन्द्रकुमार खड्का, इजलास अधिकृत, सर्वोच्च अदालत
- नवराज कार्की, इजलास अधिकृत, सर्वोच्च अदालत
- राजु ढुंगाना, स्रेस्तेदार, पर्वत जिल्ला अदालत
- हरिसिंह धामी, उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
- अरुण कुमार झा, उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस
- डोलनाथ न्यौपाने, इजलास अधिकृत, सर्वोच्च अदालत
- दुर्गाप्रसाद भट्टराई, स्रेस्तेदार, ललितपुर जिल्ला अदालत
- ईश्वर आचार्य, अनुसन्धान अधिकृत, सर्वोच्च अदालत
- मोहनबहादुर अधिकारी, उपरजिस्ट्रार, सर्वोच्च अदालत
- नारदप्रसाद भट्टराई, स्रेस्तेदार, सुनसरी जिल्ला अदालत
- गोपालप्रसाद थापा, फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत
- चन्द्रदेव भारती, स्रेस्तेदार, कालिकोट जिल्ला अदालत
- ठाकुरप्रसाद पौडेल, उपरजिस्ट्रार, सर्वोच्च अदालत
- ऋतबहादुर पुलामी मगर, स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत
- जयन्ती अवस्थी भट्ट, इजलास अधिकृत, सर्वोच्च अदालत
- दीक्षा प्रधानांग, सम्पादक, सर्वोच्च अदालत
- शारदादेवी पौडेल, स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत
- देवी चौधरी, स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ