शुक्रबार, चैत्र २७, २०८२

राति बिना कपडा नाङ्गै सुत्नुका यस्ता छन् फाइदा


कान्तिपथ


काठमाडाैं । अहिले काठमाडौं लगायत नेपालका अधिकाशं स्थानमा गर्मी बढ्न थालेको छ । गर्मी बढ्दा हामी पातला कपडा लगाउँछौं । फङ्खाको प्रयोग गर्छौ । यो त भयो दिउँसोको कुरा । राति पनि पङ्खा प्रयोग गर्न सकिन्छ । तर कपडा लगाएर सुत्दा फाइदा हुन्छ की नलगाएर सुत्दा । गर्मीको मौसममा प्राय राति सुत्ने बेला मानिसहरु पातलो कपडा लगाउने गर्दछन् । तर एक अध्ययनले गर्मी होस् या जाडो दुवै मौसममा राती सर्वाङ्ग नाङ्गै सुत्दा शरीरलाई धेरै फाइदा हुने निष्कर्ष निकालेको छ ।

केही असहज लागे पनि नाङ्गै सुत्दा शरिरको तापक्रम नियन्त्रित हुने, गहिरो निन्द्रा लाग्ने र राति पटकपटक निन्द्रा खुल्ने समस्याबाट समेत छुटकारा पाइने अष्ट्रेलियामा गरिएको एक अध्ययनमा पत्ता लागेको छ । युनिभर्सिटीको अफ वार्विकको शोधकर्ताहरूका अनुसार बिना कपडा सुत्दा छाला सम्बन्धि समस्या कम गर्नुका साथै प्रजनन स्वास्थ्य पनि राम्रो हुन्छ । विभिन्न सोध तथा अध्ययनबाट पत्ता लागेका केही तथ्यहरू यस्ता छन् :

ब्लड प्रेसरका लागि

कपडा नलगाइकन सुत्नाले रक्त सञ्चार उचित तरिकाले हुन्छ र ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ । साथै कपडा खोलेर सुत्नाले अक्सिटोसिन हार्मोन बढ्छ, जसका थुप्रै फाइदाहरु छन् । यसले तनाव र टेन्सन कम गराउन सहयोग पुर्‍याउँछ ।

राम्रो निद्राका लागि

जब तपाईं कपडाबिना नै सुत्नु हुन्छ, तपाईंलाई निकै गहिरो निद्रा पर्नेछ । किनभने यसले तपाईंको शरीरलाई ओभर हिट हुनबाट बचाउँछ र राम्रो निद्रा पर्छ । यसले शरीरमा शितलता प्राप्त हुन्छ भने शरीरको तापमान पनि नियन्त्रणमा रहन्छ, जसका कारण हाम्रो दिमाग पनि सामान्य अवस्थामा रहन सहयोग पुग्छ ।

महिला-पुरुष दुवैका लागि

कपडा नलगाइ सुत्नु महिला र पुरुष दुवैका लागि उत्तिकै फाइदाजनक छ । यसबाट शरीरका जुन अंगहरुमा अत्यधिक पसिना आउँछ, ती अंगहरुमा संक्रमण हुने सम्भावना पनि न्यून रहन्छ ।

राम्रो स्मरणका लागि

यदि तपाईं कपडा नलगाइ सुत्नु भयो भने गहिरो निद्रा पर्छ र स्मरणशक्ति पनि बढ्छ । किनभने गहिरो निद्राले शरीरमा ग्रोथ हार्मोनको उत्पादन बढ्छ, जुन दिमागको वृद्धिका लागि पनि सहायक मानिन्छ ।

तनाव र चिन्ताबाट टाढा रहन सकिन्छ

राती कपडा बिना सुत्नुको सबैभन्दा राम्रो फाइदा भनेको तनाव र चिन्ताबाट टाढा रहन सकिन्छ। कपडा नलगाई सुत्दा सामान्य भन्दा राम्रो निन्द्रा लाग्छ र दिनभरको तनाव र सोचाइलाई राम्रोसँग निन्द्राबाट हटाउन सकिन्छ। त्यसैले कपडा नलगाई सुत्नुको सीधा सम्बन्ध तनाव र राम्रो निद्रासँग हुन्छ। तनावमा हुँदा यो विकल्प प्रयोग गर्नु फाइदाजनक साबित हुन सक्छ।

तौल घट्नु
यदि तपाई तौल घटाउन खोज्दै हुनुहुन्छ भने तपाईलाई थाहा हुनुपर्छ कि राति नाङ्गै सुत्दा तौल घटाउन सजिलो हुन्छ।

कपडा फुकालेर सुत्दा शरीरको तापक्रम घट्छ जसले गर्दा शरीरबाट अतिरिक्त क्यालोरी सजिलै बाहिर निकाल्न सकिन्छ। शरीरको तापक्रम चिसो राखेर ब्राउन फ्याटको गतिविधि सजिलै बढाउन सकिन्छ।

हृदय रोग को जोखिम कम

राम्रोसँग निन्द्रा नलाग्नु राम्रो कुरा होइन, यो रोगलाई निम्तो दिनु जस्तै हो। राम्ररी निन्द्रा नपुगेका मानिसलाई हृदयाघातको उच्च जोखिम हुन्छ। त्यसैले राती लुगाबिना सुत्नु यस्ता व्यक्तिका लागि धेरै राम्रो हुन्छ। कपडा नलगाई सुत्दा निद्राको गुणस्तरमा सुधार मात्रै गर्दैन। यसले लामो समयसम्म सुत्न पनि मद्दत गर्छ।

छाला सुधार्छ
राम्रो निद्राले हाम्रो छालालाई पनि असर गर्छ, त्यसैले हामीले राम्रो निद्रा लिनुपर्छ। दिनभरको घाम, धुलो र धुवाँले छालालाई नराम्ररी क्षति पुर्‍याउँछ।

हामी सुत्दा छालाले यी सबै क्षतिहरू आफैं मर्मत गर्छ। त्यसैले यो महत्त्वपूर्ण छ कि हाम्रो निद्रा टुटेको छैन। बिहान राम्रो निन्द्रा लगाएर उठ्दा हाम्रो छाला स्वतः ताजा हुन्छ। त्यसैले गहिरो निन्द्रा लिन कपडा बिना सुत्ने गरौं।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत