शुक्रबार, चैत्र २७, २०८२

आईसीसी विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोली भारत प्रस्थान


कान्तिपथ


काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप लिग-२ को तयारीका लागि नेपाली टोली भारत प्रस्थान गरेको छ।

नेपालले अर्को महिना लिग-२ अन्तर्गत क्यानडा र ओमनसँग त्रिदेशीय शृंखला खेल्दै छ।

त्यसको तयारीका लागि नेपाली टोली सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघले जनाएको छ।

भारतमा ब्याङलोरस्थित राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा नेपाली टोलीले अभ्यास गर्नेछ।

एनसीएमा दुई साता अभ्यास हुने क्यानले जनाएको छ। लिग-२ अन्तर्गत यसअघि नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको थियो। दुवै टोलीसँगै भएका दुई-दुई खेलमा नेपालले एउटा मात्रै जितेको थियो।

क्यानडा र ओमनसँग खेल्नका लागि नेपालले २२ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। ब्याङलोरमा हुने प्रशिक्षणपछि नेपाली टोली घोषणा गरिनेछ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा छन्।

कप्तान पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने भने ग्लोबल टी-२० प्रतियोगिता खेल्न गएकाले भारत जाने टोलीमा छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत