बिहिबार, बैशाख १०, २०८३

कोटिहोम महायज्ञको अन्तिम दिनमा प्रहरी पुगेपछि


कान्तिपथ


काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोम महायज्ञको अन्तिम दिन शुक्रबार राति प्रहरी पुगेपछि तनाव भएको छ ।

महायज्ञ आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय भण्डारी उर्फ विजय कृष्णमूर्तिलाई पक्राउ गर्न प्रहरी पुगेपछि महायज्ञ स्थल तनावग्रस्त भएको हो । विजय कृष्णमूर्तिले शुक्रबार मध्यराति फेसबुक लाइभ गर्दै आफूलाई पक्राउ गर्न गौशाला प्रहरी आएको भन्दै आफ्ना भक्तजनरसमर्थकहरूलाई प्रतिकार गर्न आदेश दिएका थिए ।

त्यसलगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । कार्यक्रम आयोजक भण्डारीसँग सोधपुछ गर्न सादा पोशाकका प्रहरी घटनास्थलमा पुगेका थिए। तर, त्यहाँ उपस्थित केही व्यक्तिले प्रहरीमाथि हातपात गरेका हुन् । कोटिहोममा विवाद मच्चाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । यस क्रममा केही प्रहरीलाई हातपात पनि भएको छ ।

जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले शुक्रबार राति प्रहरी पठाइइएको र केही बेर तनाव भएको पुष्टि गरे । उनले भने, ‘केही बुझ्नु थियो, त्यसैका लागि प्रहरी गएको थियो’, एसपी अधिकारीले भने, ‘तर त्यहाँ तनाव भएछ, केही प्रहरीमाथि हातपात पनि भएको छ ।’

रिपोटिङको लागि कोटिहोम पुगेको पत्रकार श्याम सुन्दर पुडासैनीमाथि पनि विजयकृष्णका समर्थकले हातपात गरेका थिए । एक महिनादेखि सञ्चालन भएको कोटीहोम साउन ३२ गते समापन भएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत