काठमाडाैं । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ६० जनाभन्दा बढी युवाले पार्टी परित्याग गरेका छन् ।
हिजाे सोमबार तुलसीपुरस्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य विजय केसीले रास्वपाका सभापति रवि छामिछानेले युवालाई झुक्काएको आरोप लगाएका छन् ।
उनले रास्वपामा पनि पुराना पार्टीको झैँ नातावाद र कृपावादको हाबी भएको बताए ।
सभापति विभिन्न आरोपमा मुछिएपछि नैतिकताले पनि रास्वपामा बस्न मन नलागेको उनले बताए ।
देश विकास गर्नका लागि पार्टी नचाहिने भन्दै सबै युवाहरू स्वतन्त्र भएर बस्न पनि उनले आग्रह गरे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ