काठमाडाैं । कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार–हत्या प्रकरणका ७ अभियुक्तको पोलिग्राफ परीक्षण सुरु भएको छ ।
मुख्य अभियुक्त सञ्जय रोयको जेलमै परीक्षण भइरहेको छ । यसैबिच, अगस्त ८ गते राति प्रशिक्षार्थी डाक्टरसँग डिनर गरेका पूर्व प्रधानाध्यापक सन्दीप घोष, ४ डाक्टर र १ स्वयंसेवकलाई सीबीआई कार्यालयमा सोधपुछ भइरहेको छ ।
अगस्ट २३ मा सियालदह अदालतले सञ्जयलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको थियो ।
यस सुनुवाइका क्रममा सञ्जयले पनि पोलिग्राफ टेस्टका लागि राजी भए । मजिस्ट्रेटले सञ्जयलाई पोलिग्राफ टेस्टका लागि किन राजी भएको भनेर सोधेका थिए । सञ्जयले जवाफमा भने, ‘पोलिग्राफ टेस्टले म निर्दोष छु भनेर प्रमाणित गर्छ । मलाई फँसाइँदै छ।’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ