बुधबार, फाल्गुन ६, २०८२

भारतमा ४३ जना नेपाली तीर्थयात्री सवार बस दुर्घटना


कान्तिपथ


काठमाडौँ । भारत बिहारको समस्तीपुर जिल्लामा नेपालीहरू सवार बस दुर्घटना भएको छ ।

दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

एक किशोरसहित ५ जनाको अवस्था गम्भीर छ ।

घाइतेहरूको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरूमा भइरहेको छ ।

सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

शनिबार बिहान नेपालबाट प्रस्थान गरेका सबै तीर्थयात्रीले जलाभिषेक गर्न देवघर गएको र शनिबार बिहान ११ बजे नेपालबाट प्रस्थान गरेको बताए । दिउँसो करिब ३ बजे अगाडिबाट आउँदै गरेको गाडीले बसलाई ठक्कर दिँदा बसको एक्सेल फुटेर बस सडकको छेउमा पल्टिएको थियो ।

बसको गति धेरै नहुँदा मानवीय तथा भौतिक क्षति भने भएको छैन ।

घाइते हुनेमा बारा जिल्लाका रामकिशोर महतो, झुनिया देवी, रोशनी मुखिया, परम शीला देवी, श्रीपति मुखिया, पार्वती देवी, बिंदेश्वर मुखिया, लक्की मुखिया, अरुण मुखिया, परमिंदर मुखिया, जगत मुखिया, विनोद पंडित, मोती पंडित, विश्वनाथ मुखिया, राजेश साह, लक्ष्मी यादव लगायत रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत