काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन अल बुसैदी नेपाल भ्रमणमा आउने भएका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी सोमबार नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
दुई दिने भ्रमणमा नेपाल आउन लागेका मन्त्री अल बुसैदीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अोलीलगायत उच्च नेपाली प्रतिनिधिसँग भेटघाट गर्ने बताइएको छ ।
मन्त्री अल बुसैदी भदौं ११ गते स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ