हरेक स्तनधारीको दूधआफ्ना बच्चाका लागी अन्य कुनै जीवको भन्दाबढी पोषिलो र स्वास्थ्यकालागी उपयुक्तहुन्छ। जान्नु पर्ने कुरो के हो भने बाघको दूधगाईको बाच्छोलाई खुवाए पनि बाघ जस्तो बलियो हुन सक्दैन। हरेक जिव अफै आमाको दूधखाएर स्वास्थ तथा बलियो हुन्छ। आमाले शिशुलाई स्तनपान गराउनका धेरै फाइदा छन्। निम्न १० फाइदा निम्न हुन्।
स्तनपान अपरिहार्य कुरा हो, जसले आमा र बच्चा दुवैको लागि महत्वपूर्ण भूमिका खेलेको छ। स्तनपानका फाइदा निम्न प्रकारका छन्:
१. स्तनपानले बच्चालाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउँछ।
२. बच्चालाई कुपोषण हुनबाट जोगाउँछ।
३. बच्चाको शारीरिक, मानसिक तथा भौतिक विकास गराउँछ।
४. बच्चालाई जन्डिस (कमलपित्त), मधुमेह, झाडापखाला, क्यान्सर, निमोनिया हुनबाट जोगाउँछ।
५. आमालाई बच्चा जन्मिँदै गर्दा अथवा बच्चा जन्मेको केही समयपछि हुने अत्यधिक रक्तश्रावबाट जोगाउँछ (जुन हर्मोनको सहायताले पाठेघरको मुख खुम्च्याउन मद्धत गर्छ)।
६. आमा र बच्चा दुवैलाई आत्मीय सम्बन्ध कायम राख्नका साथै सुरक्षित महसुस गराउँछ।
७. आमाको स्तन गानिनबाट बचाउँछ।
८. आमाको मानसिक तनाव कम हुन सहयोग गर्छ।
९. पाठेघरको क्यान्सर हुनबाट जोगाउँछ।
१०. आमाको दूध जहिले, जतिखेर पनि सफा, तयार र सही तापक्रममा रहेको हुन्छ।
११. स्तनपान गराउन पैसा खर्च हुँदैन।
१२. पूर्ण स्तनपानको नियम पालना गर्नसके चाँडो गर्भवती हुनबाट रोक्छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ