बुधबार, चैत्र २५, २०८२

भलेन्सियामाथि एटलेटिको म्याड्रिडको सहज जित


कान्तिपथ


काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले भलेन्सियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिको म्याड्रिडको जितमा कोनोर गल्लाघेर, एन्टोनी ग्रीजम्यान र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए ।

यस सिजनमा एटलेटिको म्याड्रिडको यो तेस्रो जित हो ।

५ खेलमा ११ अंक हासिल गरेको एटलेटिको म्याड्रिड लिगमा दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै भलेन्सियाले भने यस सिजनमा चौथो हार बेहोरेर पुछारमा रहेको छ ।            



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत