बुधबार, चैत्र २५, २०८२

निम्न माध्यमिक तहको अध्यापन लाइसेन्सका लागि दरखास्त आह्वान


कान्तिपथ


काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि दरखास्त आह्वान गरेको छ ।

सोमबार एक सूचना प्रकाशित गर्दै आयोगले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।

उम्मेदवारहरूले आयोगले तोकेको अनलाइन दरखास्त फाराम भरी आवश्यक सम्पूर्ण कागजात (नागरिकताको प्रमाणपत्र हालसालै खिचेको फोटो, दस्तखतको नमुना न्यूनतम योग्यताको लब्धाङ्क पत्र तथा तालिमको प्रमाणपत्र) सहित सिङ्गल दस्तुरका लागि असोज २९ गते रातको १२ बजेभित्र र दोबर दस्तुरका लागि मङ्सिर ६ गते रातको १२ बजेभित्र आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत