आइतवार, अशोज २०, २०८१

‘दलितलाई खै’ भन्दै जुलुस, एक जना पक्राउ (फाेटाेफिचर)


कान्तिपथ


काठमाडौँ । दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै माइतीघरबाट ‘दलितलाई खै’ भन्दै जुलुस निकालिएको छ । वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले वृहत् जुलुस निकालेका हुन् ।

साे क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वर पुगेर प्रदर्शन गरिरहेका छन् ।

दलितका लागि दलित अभियान नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागी एक जनालाई पक्राउ गरिएको हाे।

बिहीबार बिहानैदेखि ‘दलितलाई खै’ भन्दै प्रदर्शनकारीहरूले कालो टिसर्टमा साङ्लोले बेरियर प्रदर्शन गरिरहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत