काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको समाचार एकाएक भाइरल भयाे ।
जिल्ला अदालत काठमाडौंका एक श्रेस्तेदारका अनुसार प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरूद्ध समेत अदालतले पक्राउ पुर्जी जारी गरेको हाे ।
विद्युतीय कारोबार ऐन अनुसारको कसुरमा उनीहरु तीनजना विरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो । तर, वारेन्ट जारी भएको २४ घण्टा बित्दा पनि प्रहरीले भने प्रसाईंसहित तीन जनालाई पक्राउ गरेको छैन ।
प्रहरीको साइबर ब्युरोले नै प्रसाईंसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पक्राउको अनुमति मागेको थियो । अदालतले पक्राउको अनुमति दिएपछि भने प्रहरी पक्राउ गर्नबाट पन्छिएको छ ।
प्रहरी अधिकारीका अनुसार एक महिलाले प्रसाईंका कारण आफ्नो चरित्र हत्या भएको र मानप्रतीष्ठामा गम्भीर चोट परेको भन्दै उजुरी दिएपछि ब्युरोले अनुसन्धान थालेको हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ