बुधबार, चैत्र २५, २०८२

अन्तिम खेलमा दक्षिण अफ्रीका विजयी, सिरिजमा अफगानिस्तानको कब्जा


कान्तिपथ


काठमाडौँ । दक्षिण अफ्रिकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजमा सान्त्वना जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो ।

अफगानिस्तानले दिएको १७० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तान ३४ ओभरमै अल ओत हुदै १६९ रन बनाएको थियो ।

यो खेलमा हार बेहोरेपछि अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्धको यो एकदिवसीय सिरिज २-१ जितेको छ । अफगानिस्तानले पहिलो पटक यसै खेलमा दक्षिण अफ्रिकाविरुद्ध एक दिवसीय खेलमा पहिलो जित हासिल गरेको थियो भने पहिलो सिरिज समेत जितेको छ ।

यस सिरिजको प्लेयर अफ द सिरिज अफगानिस्तानका रहमनुल्लाह गुरबाज बनेका छन् । उनले यस सिरिजमा एक शतक र एक अर्धशतक बनाएका थिए ।  



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत