काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओली घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि ८० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ओली पक्राउ परेका हुन् ।
ओलीलाई घुस दिने भारतीय नागरिक अमरनाथ चौहानसमेत पक्राउ परेका सहायक प्रवक्ता थपलियाले बताए ।
घुस लेनदेनको सूचना टेलिफोनमार्फत् पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट टोली खटिएको थियो ।
दुवैजनालाई नियन्त्रणमा लिए थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ