बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • यातायात
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध (सूचनासहित)

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध (सूचनासहित)


कान्तिपथ


काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना निकालेर उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडान नपाइने भएको हो।

ती क्षेत्रमा लेजर लाइट समेत प्रयोग नगर्न कार्यालयले भनेको छ । दशैं नजिकिएसँगै चङ्गा उडाइने भएकाले हवाई सुरक्षामा गम्भीर असर पुग्नसक्ने भन्दै कार्यालयले सुचना निकालेको जाइएको छ।

सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुने सूचनामा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत