बुधबार, फाल्गुन ६, २०८२

कसरी जाेगाउने झर्ने र फुल्नबाट कपाललाई, यस्तो छ कारण


कान्तिपथ


सामान्यतया कपाल फुल्नु सेतो हुनुलाई बुढ्यौली लागेको भन्ने गरिन्छ। तर कपाल फुल्नेबित्तिकै बुढ्यौली नै लागेको भन्नु चाहिँ ठिक हुँदैन। आजभोलि कम उमेरमै कपाल फुल्नु धेरै नेपालीको साझा समस्या बनेको छ।

उमेर पुगेपछि कपाल फुल्नु स्वाभाविक भए पनि कम उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई सताउने गरेको छ।

सानै उमेरमै कपाल फुल्ने समस्याले धेरैलाई चिन्तित बनाएको हुन्छ। कम उमेरमै कपाल फुल्‍यो भने कस्तो बुढो जस्तै देखिएको भनेर जिस्काउने पनि छन्। यसले कपाल फुल्दा निराशापन समेत बढ्ने गरेको छ। कपाल फुल्दा कतिपयले थरीथरीका मेहन्दी कपालमा लगाउने गर्छन्।

कपाल फुल्नुको मुख्य कारण वंशाणुगत हो। आइरन, क्याल्सियम, भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा समेत कपाल फुल्छ।

कपालमा कालोपना आउने तत्वको कमीले कपाल फुल्ने समस्या हुन्छ। यसको औषधि त छ। तर पूरै निर्मूल हुनेगरी उपचार गर्न कठिन हुन्छ।

कपाल झर्ने समस्या विभिन्न कारणले हुन्छ। यसको आन्तरिक र बाह्य कारण दुवै हुन्छ। खानामा पौष्टिक तत्वको कमी, आइरनको कमी लगायतले यो समस्या हुन्छ। त्यस्तै डेंगी, कोभिड र टाइफाइड लगायतका रोग लागेको तीन महिनापछि कपाल झर्ने समस्या हुन्छ।
त्यस्तै थाइराइडको कारणले समेत कपाल झर्छ। भिटामिन डी, भिटामिन बी-१२ को कमीले गर्दा पनि कपाल झर्छ। बच्चा जन्मिएपछि पनि कतिपयमा कपाल झर्ने समस्या हुन्छ।

ज्वरोका कारणले कपाल झरेको छ भने त्यो विस्तारै ठीक हुन्छ। यो बाहेकका समस्याले कपाल झरेको छ भने त्यसको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ।
हिजोआज कपाल प्रत्यारोपण गर्न पनि सहज हुँदै गएको छ। अगाडिको भागको मात्रै कपाल गएको छ भने पनि प्रत्यारोपण गर्न सकिन्छ। अहिले त आँखीभौं समेत प्रत्यारोपण गर्न सकिन्छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत