बुधबार, चैत्र २५, २०८२

अब यो सरकार रहदैन : चौधरी


कान्तिपथ


दाङ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले अब यो सरकार नरहने धारणा राखेका छन् ।


एकीकृत समाजवादी दाङको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका चौधरीे भने, ‘भ्रष्टाचारी जोगाउन बनेको यो गठबन्धन अब छिट्टै भत्किदैछ । प्राकृतिक विपत्तिको पूर्व सुचना पाउँदा पाउँदै सरकार मुकदर्शक बन्यो ।

काठमाडौँभित्रै त्यत्रो विपत्ति टुलुटुल हेरेर बस्यो । २४ घण्टासम्म जनताले उद्धार पाउन सकेनन् । उपत्यका बाहिरको स्थिति के होला तपाईं आफै अनुमान गर्न सक्नुहुन्छ । त्यसकारण पनि अब यो सरकार रहदैन ।’ दाङ क्षेत्र नम्बर १ का संघीय सांसद चौधरीले आफुले गरेका ठुल्ठुला भ्रष्टाचार जोगाउन, जनताका समस्या समाधान गर्नतिर नभइ मुलुकमा अस्थिरता मच्चाउन खोजेकाले वर्तमान सरकारलाई जनताले समेत तिरस्कार गरिरहेको जिकिर गरे ।


समाजवादीको उक्त बैठकमा केन्द्रीय सदस्य जोग बहादुर राणा, अनारकारी मियाँ, ससमती चौधरी, चिरञ्जिवि बुढाथोकी, राम प्रसाद चौधरी, राम प्रसाद यादव, प्रेम बक्स मियाँ, गजेन्द्र बुढाथोकी लगायतले मन्तव्य राखेको एकीकृत समाजवादी दाङका उपसचिव एवं प्रचार विभाग प्रमुख सूर्य बिसीले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत