बिहिबार, मंसिर २०, २०८१

उनन्तीस खानेपानी योजना सम्पन्न


कान्तिपथ


तनहुँ । आर्थिक वर्ष २०८०/८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् ।

गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक योजना सम्पन्न भएका डभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिए ।

प्रदेशका योजनाअन्तर्गत तनहुँमा एक सय ५२, नवलपुरमा ६३ गरी दुई सय १५ चालु वर्षका क्रमागत योजना हुन् । सङ्घीयतर्फ तनहुँमा ५३, नवलपुरमा २१ रहेका छन् । न्यून बजेट विनियोजित,पानीको मुहान विवाद लगायत कारणले अधिकांश योजना सम्पन्न भएका छैनन् ।

आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेशको ‘एक घर, एक धारा ’अभियान अन्तर्गत १५ हजार नौ सय ९४ धारा जडान गरी पानी वितरण भएकोे छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत