काठमाडौँ । पूर्व मन्त्री डम्बर श्रेष्ठको निधन भएको छ ।
क्यान्सरबाट पीडित उनको चितवनस्थित आफ्नै निवासमा बुधवार बिहान निधन भएको हो ।
नेकपा मालेको स्थायी कमिटीका परामर्शकारी सदस्य समेत रहेका उनले लामो समयदेखि चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउँदै आएका थिए ।
नेकपा मालेले बुधवार एक शोक वक्तव्य जारी गर्दै उनको निधनले स्तब्ध भएको जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ