शुक्रबार, बैशाख ११, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • कोहलपुरस्थित न्युरोड होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

कोहलपुरस्थित न्युरोड होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार


कान्तिपथ


बाँके । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्दक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

असोज २७-२८ गते भएको उक्त घटनामा संलग्न आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । २ दिनपछि प्रहरीले घटना विवरण सार्वजनिक गरेको हो ।

१२ वर्षीया नाबालिगलाई ५ जनाले ललाईफकाई कोहलपुरस्थित न्युरोडको होटलमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाँके बैजनाथ-१ का २४ वर्षीय डम्बरबहादुर रोकाया, १९ वर्षीय निशान रोकाया, विजय कार्की, गाभर बस्ने निर्मल थापा र करेली बस्ने जीवन रोकाया छन् ।

२७ गते नाबालिगलाई फकाएर न्युरोडस्थित यात्री होटल पुर्‍याइएको थियो । पहिलो दिन २ जना र भोलिपल्ट बाँकी होटलमा पुगेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी धर्मराज भण्डारीले बताए ।

घटनापछि फरार ५ जनालाई बैजनाथको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । उनीहरूलाई आज अदालत पेश गर्ने तयारी छ । पीडित नाबालिगको स्वास्थ्य परीक्षण गरी परिवारको जिम्मा लगाइएको र उनको शारीरिक अवस्था खतरामुक्त तर कमजोर रहेको डीएसपी भण्डारीले बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत