बिहिबार, मंसिर २०, २०८१

न्हूदँ ११४५ समारोह समितिको अध्यक्षमा श्रेष्ठ चयन


कान्तिपथ


काठमाडौँ । यस वर्ष नेपाल संवत्को नयाँ वर्ष मनाउन न्हूदँ ११४५ समारोह समितिमा नेवाः अगुवा तथा पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ अध्यक्ष चुनिएका छन् ।

न्हूदँ ११४४ समारोह समितिका अध्यक्ष प्रा. डा. नरेशमान बज्राचार्यको सभापतित्वमा शुक्रबार बसेको बैठकले नेवाः अभियानकर्मी श्रेष्ठलाई सर्वसम्मतिबाट अध्यक्षमा चुनेको हो ।

नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन विगत लामो समयदेखि सक्रिय रहेका उनी नेपाली समाजमाझ बौद्धिक व्यक्तित्वको रूपमा परिचित छन् ।

संविधानसभाबाट समावेशी संविधान निर्माण गर्ने कार्यमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनी हाल जनता समाजवादी पार्टीका अध्यक्ष हुन् ।

उक्त बैठकले नव वर्ष नेपाल संवत् ११४५ देशभर विविध कार्यक्रम गरी मनाउन ७२ सदस्यीय मूल समारोह समिति गठन गर्नाका साथै देनिन्दिनका कार्य सञ्चालनका लागि १७ सदस्यीय सचिवालय पनि गठन गरेको छ ।

यस अतिरिक्त बैठकले न्हूदँ मनाउने कार्यलाई थप व्यवस्थित र वैधानिक बनाउन संस्था दर्ता गरी संस्थागत रूपमै अघि बढ्ने निर्णय पनि गरेको छ ।

उक्त बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, दिलीप महर्जन, शैलेन्द्रमान बज्राचार्य, निरञ्जनरत्न शाक्य लगायत थुप्रै भाषिक तथा साहित्यिक व्यक्तित्वहरूको उपस्थिति थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत