मङ्लबार, मंसिर १८, २०८१

आनन्दकुटी विहारमा चिवर दान उत्सव सम्पन्न


कान्तिपथ


काठमाडौँ । स्वयम्भूस्थित आनन्दकुटी विहारमा चिवर दान गरिएको छ ।

भिक्षुहरुले पालना गर्नुपर्ने नियमअनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म वर्षाबास बसेका भिक्षुलाई उपासक/उपासिका तथा दाताबाट नयाँ चिवर उपहारस्वरुप प्रदान गरेर उत्सव सम्पन्न गरिएको हो ।

विहारभित्र तीन महिनासम्म वर्षाबास पूरा गरेका भिक्षुको सम्मानमा यस्तो उत्सव गरिएको हो । बुद्धसम्बन्धी ज्ञानबद्र्धक भक्तजन पञ्चशीलसहित धार्मिक गतिविधिसमेत गरिएको छ । 

भिक्षुहरुले वर्षायामको समयमा यात्रा नगर्ने, विहारभित्र बौद्ध शिक्षा प्रवर्द्धन गरी धार्मिक गतिविधि गर्ने प्रचलन रहेको विहारका उपप्रमुख भिक्षु धर्ममूर्तिले जानकारी दिए । 

यो कार्य सम्पादन गर्दा भिक्षुलाई सामान्य अवस्थाभन्दा केही कठिनाइ हुने उनले बताए।

विभिन्न अष्ट परिकार दान र उपासक/उपासिकाबाट व्यक्तिगत आर्थिक दान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, बौद्ध महिला र युवा सङ्घसंस्थाका प्रतिनिधिसहित सरोकार भएकाहरुको सहभागिता थियो । 

विहारका उपप्रमुख धर्ममूर्तिले बुद्धका शिक्षा तथा उपदेशहरुको पालनाका क्रममा यस्ता धार्मिक गतिविधि गरिएको जनाउँदै यस्ता कार्यले समुदायलाई सत्मार्गमा जोड्ने बताए ।

उनले आफ्नो विहारले मानव कल्याण तथा विश्व शान्तिका लागि बुद्ध शिक्षा र बुद्धका उपदेशको अभ्यास र प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत