शनिबार, मंसिर २२, २०८१

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुदै 


कान्तिपथ



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालिएको छ ।
सहकारी ठगी तथा संगठित अपराधको आरोपमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान थालेको हो । 
कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ७ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको छ ।

साथै विहिबार नै लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगीको आरोपमा रुपन्देही जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ । 
सहकारी ठगीमा अनुसन्धान जारी रहेका बेला अब लामिछानेमाथि प्रहरीले अदालतमा सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने जानकारी दिएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत