भारतीय सेनामा भर्ती गरिदिने भन्दै ठगी गर्ने मानिसलाई दैलेख प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नौमुले गाउँपालिका वडा नम्बर ७ घर भएका ४४ वर्षीय वीर बहादुर थापा रहेका छन् ।
उनले आफू पूर्वभारतीय सेना भएको भन्दै विभिन्न व्यक्तिहरूलाई भारतीय सेनामा भर्ती गरिदिने प्रलोभन ८ लाख लिएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
थापालाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी दैलेख जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ