धनगढीमा एक होटल सञ्चालकको करेन्ट लागेर मृत्यु भएको छ ।
कैलालीको मोहन्याल गाउँपालिका–५ घर भइ हाल धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि जानकी होटल सञ्चालन गर्दै आएका ३८ वर्षीय अरुण बुढामगरको शुक्रवार राति करेन्ट लागेर मृत्यु भएको हो ।
होटलको कोठाभित्र बिद्युतको लाईन मर्मत गर्ने क्रममा बुढामगर करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
लगत्तै उनलाई उपचारको लागि नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ