सोमवार, बैशाख १४, २०८३

जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन


कान्तिपथ


जुम्ला । सरकारले विभिन्न सेवा सुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ ।

जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्प्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए ।

कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही आउने गरेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म एक हजार दुई सय २९ जनाले राष्ट्रिय परिचयपत्र दर्ता गरेको जिल्ला प्रशासन कार्यालयका प्रजिअ रामबहादुर शाहीले बताए ।

आठवटै स्थानीय तहका वडामै पुगेर राष्ट्रिय परिचयपत्र बनाउनेको टोलीसमेत खटाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारीस्वरुप राहदानी लिने बढेको जिल्ला प्रशासन कार्यालयका राहदानी फाँटले जनाएको छ ।-File photo



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत