बुधबार, फाल्गुन ६, २०८२

सीतापाइला-धार्के सडक पुन: १५ दिनका लागि बन्द


गणेश विक


काठमाडौँ । काठमाडौँको सीतापाइलादेखि धादिङको धार्के जोड्ने सडक पुन: १५ दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले उक्त सडक कालोपत्रेका लागि शुक्रबारदेखि १५ दिन बन्द गर्ने जनाएको हो ।

सूचनाका अनुसार कात्तिक २३ गतेदेखि १५ दिनसम्म उक्त सडक खण्डमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने हलुका सवारी साधन बाहेक अरू सबै प्रकारका साधन रोकिनेछ ।

यो अवधिमा नागढुंगा नौबिसे हुँदै धार्के र टोखा छहरे, विदुर, गल्छी हुँदै जाने मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न समेत प्रशासनले आग्रह गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत