काठमाडौँ । परियार सेवा समाजले संस्थाको बारेमा अनावश्यक प्रचार प्रसार गरिएको भन्दै कहि कतै भ्रममा नपर्न परियार बन्धुहरुमा अपिल गरेको छ ।
समाजका अध्यक्ष पूर्वमेजर बलबहादुर सुन्दास र महासचिव अन्जान परियाले आज विज्ञप्ती जारी गरी पाचाैँ राष्ट्रिय सम्मेलन भइसके पश्चात पनि केही अराजक व्यक्तिहरुले मिडियाबाजी गर्ने सामाजिक सञ्जालमा समेत संस्थाको बारेमा अनावश्यक प्रचार-प्रसार गर्ने लेटर प्याड र छापको दूरुपयोग गरी परियार समुदायमा भ्रम सिर्जना गर्ने कार्य गरिएको भन्दै भ्रममा नपर्न देशैभरीका सम्पूर्ण परियार बन्धुहरुमा अपिल गर्नुभएको हो ।
‘संस्थालाई हानी नोक्सानी पुर्याउने सामाजिक सद्भाव भड्काउने संस्थाको हित र विद्यान विपरित कार्य गर्दै हिड्ने र मङ्सिर १ र २ गते राष्ट्रिय सम्मेलन भन्दै अनावश्यक रुपमा अफवाह फैलाई भ्रमित गरिएको प्रति हामी खेत प्रकट गर्दछौँ, सम्पूणर् परियार बन्धुहरुमा कहि कतै भ्रममा नपर्न परियार सेवा समाज हार्दिक अपिल गर्दछ’-विज्ञप्तीमा भनिएको छ ।
परियार सेवा समाज केन्द्रित तदर्थ समितिद्धारा आयोजित पाँचौ राष्ट्रिय सम्मेलन यही असोज ५ र ६ गते काठमाडौँको गौशालास्थित ‘सगुन श्री व्याड्क्वेट’ मा समाजका संस्थापक अध्यक्ष ऋषिबाबु परियार संस्थापक पदाधिकारीहरु पूर्व अध्यक्ष हरिशंकर परियार, शम्भु खाती पूर्व पदाधिकारी पूर्वमन्त्री, पूर्व सांसद, पूर्व प्रदेश मन्त्री, सल्लाहकार, समाजका प्रतिष्ठित व्यक्तित्वको सहभागितामा सम्पन्न भइसकेको समेत समाजले प्रष्ट पारेको छ ।
सम्मेलनबाट ४२ जिल्ला ७ प्रदेश र केन्द्रीय प्रतिनिधीको उपस्थितीमा राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गरी पूर्वमेजर बलबहादुर सुन्दासको अध्यक्षतामा ७७ सदस्यीय कार्य समिती चयन गरिएको विज्ञप्तीमा उल्लेख छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ