शुक्रबार, जेष्ठ ३०, २०८२

नेपालको कुवेतमाथि १६५ रनको फराकिलो जित


कान्तिपथ


काठमाडौँ । नेपालले जारी यू-१९ महिला विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा कुवेतमाथि फराकिलो जित हासिल गरेको छ ।
मंगलबार सम्पन्न खेलमा नेपालले कुवेतलाई १६५ रनले पराजित गरेको हो । नेपालले दिएको २१४ रनको लक्ष्य पछाएको कुवेत १३ ओभरमा ४८ रन बनाउदै अल आउट भएपछि नेपाल १६५ रनले विजयी भएको हो ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले कप्तान पुजा महतोको शतकीय पारीको मद्दतले २० ओभरमा २ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।

पुजाले ५७ बलमा शतक बनाएकी पुजाले अविजित १२८ रन बनाएकी थिइन् । त्यस्तै सोनी पाख्रिनले अविजित ४३ रन बनाएकी थिइन् । पुजा र सोनीबीच १५७ रनको कीर्तिमानी साझेदारी समेत बनेको थियो ।

यो यस प्रतियोगितामा कुनै पनि देशले बनाएको सर्बाधिक ठुलो टोटल हो । यस अघि युएईले कुवेत विरुद्धनै २११ रन बनाएको थियो ।  

यो जितपछि प्रतियोगितामा नेपालले ५ खेलमा ३ जित र एक हार बेहोरेको छ । अंक तालिकामा नेपाल ५ खेलमा ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।त्यस्तै कुवेतले अहिलेसम्मका पाँचै खेलमा हार बेहोरेको छ ।

अब नेपालले यस प्रतियोगितामा विहिबार युएईसँग खेल्ने तालिका रहेको छ । नेपालका लागि विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्था सिर्जना भएको छ । 

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । डबल राउण्ड रोविनका आधारमा खेलाइएको यस प्रतियोगितामा शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत