बुधबार, चैत्र २५, २०८२

गोरखा ५ मा माओवादी विजयी : बाबुरामको पार्टी १० भोटमा सिमित


कान्तिपथ


गोरखाको गोरखा नगरपालिका ५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

माओवादीका विष्णुबहादुर मगर ४८६ मत ल्याएर विजयी भए। नेपाली कांग्रेसका भाइकाजी आलेले ४ सय २ मत ल्याए। एमालेका दुर्गामाया थापाले ३४५ ल्याइन।

यसअघि यो वडा नेकपा एमालेले जितेको थियो। आइतबार सम्पन्न उपचुनावमा भने एमालेबाट माओवादीले यो वडा खोसेको हो।

बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीका रूपेश मगरातीले १० मत मात्र पाएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत