बुधबार, चैत्र २५, २०८२

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो


गणेश विक


काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनमाथि शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा एक्सेल डिसासी, क्रिस्टोफर एन्कुनकु, नोनी मडुएके, कोल पाल्मर र जाडोन सान्चोले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि जोय अरिबोले एक गोल गरेका थिए ।

यो जितपछि चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको १४ खेलमा २८ अंक भएको छ ।

त्यसैगरी साउथहम्पटनको यस सिजनमा यो ११औ हार हो । १४ खेलमा ५ अंक रहेको साउथहम्पटन लिगको पुछारमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत