बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पत्रकार महासङ्घको केन्द्रीय सदस्य (दलित) मा दर्नालको उम्मेदवारी, को हुन दर्नाल ?

पत्रकार महासङ्घको केन्द्रीय सदस्य (दलित) मा दर्नालको उम्मेदवारी, को हुन दर्नाल ?


कान्तिपथ


काठमाडौ । पत्रकार लक्ष्मण दर्नालले यही मङ्सिर २८ गते हुने नेपाल पत्रकार महासङ्घको केन्द्रिय सदस्य (दलित) मा उम्मेदवारी दिनुभएको छ ।

उहाँको उम्मेदवारी केन्द्रिय सदस्य (दलित) क्रम सङ्ख्या ३ नं मा रहेको छ ।

पत्रकार दर्नालले अभिव्यक्ति तथा पूर्ण प्रेस स्वतन्त्रता, व्यावसायिक र स्वतन्त्र पत्रकारिता, श्रमजीवीको पेशागत हकहित र सुरक्षा र समावेशी पत्रकारिताको निम्ति आफूलाई मतदान गरी विजयी बनाउन देशैभरीका पत्रकार महासङ्घका सदस्यहरुसँग अनुरोध गर्नुभएको छ ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दर्नाल हाल १४ बर्षदेखि ‘गोरखापत्र’ दैनिक पत्रिकामा कार्यरत हुनुहुन्छ । २०६० सालदेखि पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय दर्नालले सुरुमा रेडियोमा ‘कट्वाल’ कार्यक्रम सञ्चालन गर्नुभएको थियो । पत्रकारितामा स्नातकोत्तर ‘मास्टर डिग्री’ गर्नुभएका दर्नालद्धारा लिखित ‘दलित समुदायको राजनीतिक प्रतिनिधित्व २००७­२०८० सत्ता सङ्घर्षको इतिहास’ चर्चित छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका महासचिव समेत रहनुभएका पत्रकार दर्नालले लेख्नुभएको ‘संविधानमा दलित मुद्दा’, ‘जातीय भेदभाव तथा छुवाछूत घटनामा मिडियाको दृष्टिकोण’, ‘सिंहदरवार गेट कब्जाको कमाण्डर उमादेवी वादी’ र ‘नेपालमा दलित महिलामाथि हुने हिंसाको अवस्था’ लगायत दर्जनभन्दा बढी अनुसन्धानमूलक पुस्तक बजारमा उपलब्ध छन् ।

दुई दशकदेखि विशेष गरी समावेशिताको सवालमा कलम चलाउँदै आउनुभएका दर्नाल राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको संस्थापकसमेत हुनुहुन्छ । ­­­



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत