बुधबार, चैत्र २५, २०८२

दुई ढकालको बिदाई : सिंह र बोहोरालाई फुली थप्ने तयारी


कान्तिपथ


नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन्। डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदानेन्नति गर्न बढुवा समितिले सिफारिस गरेको हो।

गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले यो निर्णय गरेको तथा बढुवा समितिका सदस्यसचिव एवं प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

एआईजी भीमप्रसाद ढकाल र केदार ढकाल अवकाश भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्न लागिएको हो। बढुवाकै लागि सिंहलाई बिहीबार मात्रै गण्डकी प्रदेशबाट सरुवा गर्ने निर्णय भएको थियो।

यता प्रहरी प्रधान कार्यालयको कार्य विभागमा दरबन्दी भएका बोहरा ट्राफिक प्रहरी प्रमुखका रूपमा काजमा छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत