बुधबार, फाल्गुन ६, २०८२

काठमाडौंको ४ बिकेट पतन, सन्दिपले लिए एकै ओभरमा २ बिकेट


गणेश विक


काठमाडौं गुर्खाजको चौथो विकेट पतन भएको छ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित क्रिकेट मैदानमा सन्दिप लामिछानेले एकै ओभरमा २ बिकेट लिएका छन्।

काठमाडौंका भीम सार्की १ रन बनाएर आउट भएका छन्। क्रिस सोलले उनको विकेट लिएका हुन्।

यसअघि गेहार्ड इरासमस १२ रन र माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए।

विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिए। 

त्यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिए।

विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत