बुधबार, फाल्गुन ६, २०८२

यू-१९ महिला एसिया कपमा नेपाल र श्रीलंकाबीचको खेल बर्षाले अवरुद्ध


गणेश विक


काठमाडौं । मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा आजदेखि सुपर फोर चरणका खेलहरु सुरु हुँदैछ ।

सुपर फोर अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल बर्षाले प्रभावित भएको छ । टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले पहिलो ओभरमा एक विकेट गुमाउदै एक रन बनाएको अवस्थामा खेल वर्षाले रोकिएको छ ।

यस खेलमा नेपालले टस जितेर श्रीलंकालाई पहिला ब्याटिंगका लागि बोलाएको थियो ।

नेपाल समूह बी को उपविजेता बन्दै सुपर फोरमा प्रवेश गरेको थियो । श्रीलंका भने समूह ए को दुवै खेल जितेर समूह विजेता बनेको थियो । भारत र पाकिस्तान जस्ता टोली रहेको समूहमा नेपालले पहिलो खेलमै पाकिस्तानलाई ६ विकेटले हराएर सुपर फोरमा स्थान पक्का गरेको थियो ।

भारत विरुद्ध दोस्रो खेल भने वर्षाका कारण प्रभावित हुँदा नेपाल र भारतले अंक बाँडेका थिए । समूह चरणमा नेपाल र भारत अपराजित रहँदै सुपर फोरमा पुगेको हो ।

समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको रुपमा सुपर फोरमा पुगेको छ भने श्रीलंकाले एक खेल जितेर उपविजेता बन्कोदै सुपर फोरमा पुगेको छ । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।

पाकिस्तानलाई पराजित गर्दै मनोबल उच्च बनाएको नेपालले श्रीलंका विरुद्ध सुपर फोरमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत