पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदै छ ।
उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ । न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने बताइएको छ ।
आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको थियो ।
यी हुन् अभियुक्त
१) रवि लामिछाने
२) छविलाल जोशी
३) जीबी राई
४) दीपेशकुमार पुन
५) रामबहादुर खनाल
६) नेत्रपाणी बास्तोला
७) देवेन्द्रबाबु राई
८) विज्ञान राई
९) लीला पछाई
१०) विश्वविक्रम राई
११) विशाल तामाङ
१२) नवीन अछामी
१३) रविना रिमाल
१४) असरफ अली सिद्धिकी
१५) दीपक लामा
१६) अनन्तबाबु राई
१७) ओमप्रकाश गुरुङ
१८) वीरबहादुर रानाभाट
१९) दीपा न्यौपाने
२०) कल्पनाकुमारी श्रेष्ठ
२१) ज्ञानबहादुर बम्जन
२२) मीना गुरुङ
२३ः सूर्यध्वज न्यौपाने
२४) आरती गुरुङ
२५) लीलाबहादुर गुरुङ
२६) पेशलकुमार राई
२७) कृष्णबहादुर गुरुङ
२८) देवकुमार नेपाली
२९) शकुन्तला गुरुङ
३०) मिश्रकुमारी गुरुङ
३१) रितु ताम्राकार
३२) लक्ष्मीप्रसाद पौडेल
३३) भूपेन्द्र राई
३४) कैलाशकुमार दर्लामी
३५) धीरजकुमार दास
३६) कुमार रम्तेल
३७) हेमन्त अधिकारी
३८) कविता तामाङ
३९) प्रमोद भट्टराई
४०) अनुज नकर्मी
४१) सुरज श्रेष्ठ
४२) शिवबहादुर गुरुङ
४३) भविश्वर अर्याल
४४) आइस्मा गुरुङ
४५) सागर केसी
४६) दिनेश रोका
४७) ललिता तामाङ
४८) सृष्टि मानन्धर
४९) बुद्धि गुरुङ
५०) थानबहादुर बुढा
८ कम्पनी
१) गोरखा मिडिया नेटवर्क प्राईभेट लिमिटेड
२) नेचर हर्ब्स इन्टरनेशनल प्राईभेट लिमिटेड
३) नेचर नेष्ट प्राईभेट लिमिटेड
४) जि.बि.ग्रुप अफ कम्पनीज प्राईभेट लिमिटेड
५) गोर्खा ग्रुप मल्टी ईन्भेष्टमेण्ट प्राईभेट लिमिटेड
६) मन्दरा स्पा एण्ड वेलनेस सेन्टर प्राईभेट लिमिटेड
७) स्प्रिङउड रियल स्टेट एण्ड हाउजिङ प्राईभेट लिमिटेड
८) नेपाल श्री मल्टी मिडिया प्राईभेट लिमिटेड
५ जना सम्पत्ति जफतको कसुरमा
१) रवि पत्नी निकिता पौडेल
२) छविलाल जोशीकी श्रीमती पद्मा
३) छविलालका छोरा रोचक जोशी
४) लिला पछाईंकी आमा राधा पछाईं
५) लिला दिदी गीता पछाईं
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ