सोमवार, पुस २९, २०८१

लामिछानेको सांसद पद निलम्बन : ४२७ पेजको अभियोगमा के-के छ ?


Jebin Rimal


सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै रास्वपा सभापति रवि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्ने भएको छ । अभियुक्त लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार बिगो कायम गर्न माग गर्दै कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार मुद्दा दायर भएसँगै उनको पद स्वतः निलम्बनमा परेको हो । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार लामिछानेको सांसद पद स्वतः निलम्बनमा परेको बाह्रखरीसँगको कुराकानीमा जानकारी गराए ।

“उहाँको सांसद पद स्वतः निलम्बनमा रहन्छ,” उनले भने, “सम्पत्ति शुद्धीकरणको दफा २७ मा भएको व्यवस्थाअनुसार स्वतः निलम्बन हुनेछ ।”

उक्त दफामा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’ उल्लेख छ ।

https://drive.google.com/file/d/13qIxsg7zkAJ2_oImf1VeIa68WVYhPRb_/view



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत