बुधबार, चैत्र २५, २०८२

राष्ट्रपतिसँग पाँच देशका नवनियुक्त राजदुतले लिए शपथ


गणेश विक


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका नवनियुक्त राजदुतलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राजदूत पदको, पद तथा गोपनियताको शपथ लिएका हुन् ।

शपथ लिनेमा रुसी महासंघको राजदुतमान नियुक्त जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यको राजदूतमा नियुक्त चन्द्रकुमार घिमिरे, स्पेनको राजदुतमा नियुक्त शनिल नेपाल, गणतन्त्र कोरियाको राजदुतमा नियुक्त डा. शिवमाया तुम्बाहाङ्फे र भारतको राजदुतमा नियुक्त डा. शंकर प्रसाद शर्मा रहेका छन् ।

उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत