बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा

गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा


गणेश विक


गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।

सो सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।

“गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पु¥याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ”, नगरप्रमुख कृष्णबहादुर रानामगरले भने, “नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।”

नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत