बुधबार, फाल्गुन ६, २०८२

जनकपुर बोल्ट्सका खेलाडीलाई गृहनगरमा भव्य स्वागत


गणेश विक


नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ ।

शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई समान गरेको हो ।

राम जानकी रङ्गशालाबाट खेलाडीहरु ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए । खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भएका छन्। उनीहरूलाई चोक-चोकमा भव्य स्वागत गरिएको छ ।

बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरु आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए ।

एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकाल्दै उपाधि जितेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत