बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य छ: महासचिव पोखरेल

पूर्वराष्ट्रपति भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य छ: महासचिव पोखरेल


गणेश विक


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुन खोजेको हो भने स्वागतयोग्य विषय रहेको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा एक कार्यक्रममा जनकपुर आएका महासचिव पोखरेलले विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भनेका छन्-‘सम्मानीय पूर्वराष्ट्रपतिज्यू पुनः समाजसेवामा सक्रिय हुन चाहनुहुन्छ भने स्वागतयोग्य हो ।’

महासचिव पोखरेलले अहिले आफूहरुले पार्टीको महाधिवेशनभन्दा बढी मिसन ०८४ मा केन्द्रित भएर काम गरिरहेको पनि बताए ।

एमालेका एक थरि नेता हाल पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउन लागिरहेको बेला महासचिव पोखरेलको यस्तो प्रतिक्रिआ आएको हो । दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी भण्डारीले पनि एमालेमा फर्किने मनशाय व्यक्त गरिसकेकी छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत