बुधबार, फाल्गुन ६, २०८२

विजयी लयमा फर्कियो म्यानचेस्टर सिटी


गणेश विक


काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा साभिन्हो र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । लगातारको खराब प्रदर्शनपछि म्यानचेस्टर सिटी जितको लयमा फर्किएको विश्वास गरिएको छ ।

यो जितपछि म्यानचेस्टर सिटीको १९ खेलमा ३१ अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । त्यस्तै लेस्टर सिटीको भने १९ खेलमा १४ अंक भएको छ र लिगमा १८ स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत