मङ्लबार, माघ २२, २०८१

प्रहरीमा स्टाफ कलेज सुरु, एक सय ४४ प्रहरी अधिकृतको सर्टलिस्ट तयार


कान्तिपथ


काठमाडौं । नेपाल प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेको छ ।

प्रहरीले आफ्नै स्टाफ कलेज स्थापना गरेपछि पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्सका एक सय ४४ अधिकृतहरु प्रारम्भिक सूचीमा परेका छन् ।

पुलिस लिडरसिप एन्ड स्टाफ कलेजले स्टाफ कोर्सका लागि १४४ प्रहरी अधिकृतको प्रारम्भिक सूची बनाएर एक साताभित्र प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । उनीहरूमध्ये ३५ जनाले एक वर्षमा ‘पुलिस लिडरसिप एन्ड स्टाफ कलेज (एमपिएस)’ कोर्स गर्न पाउनेछन् ।

यस्तो कोर्स नगर्ने एसपी र एसएसपीलाई बढुवाको दोस्रो सूचीमा राखिने र त्यसभन्दा माथि बढुवा नहुने हाल मन्त्रिपरिषदबाट पास भई संसदमा दर्ता हुने लागेको प्रहरी ऐनको विधेयकमा उल्लेख छ ।

२०७० सालमा इन्सपेक्टरबाट भर्ना भएका पिजीडिपिएसको सातौं ब्याचबाट स्टाफ कलेज लागू हुन लागेको हो । यो ब्याचका ६५ जना डीएसपी र ७९ जना इन्सपेक्टर छन् । स्टाफ कलेज नगर्नेहरु एसएसपीभन्दा माथि बढुवा नहुने भएकाले यसलाई महत्वपूर्ण मानिएको छ । लिडरशीप एण्ड स्टाफ कलेजले फागुनमा प्रवेश परीक्षा लिने र चैतदेखि पढाई सुरु गर्ने तयारी गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत