बुधबार, चैत्र २५, २०८२

कालीकोटमा प्रथम टी–२० पुरुष क्रिकेट प्रतियोगिता सुरु


गणेश विक


कालीकोट । आजदेखि कालीकोटमा प्रथम कालीकोट टी-२० पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आगामी फागुन २५ गते लुम्बिनी प्रदेशमा हुने प्रधानमन्त्री पुरुष कपलाई लक्षित गरी आयोजना गरिएको हो ।

जिल्ला क्रिकेट संघका अनुसार प्रतियोगिताले कर्णाली प्रदेशमा क्रिकेटको विकासमा टेवा पुर्‍याउनुका साथै कालीकोटलाई खेलकुदका माध्यमबाट चिनाउने लक्ष्य राखेको छ । विजेताले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले रु. १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्लेयर अफ द म्याच, प्लेयर अफ द सिरिज र इमर्जिङ प्लेयरलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने जिल्ला क्रिकेट संघका अध्यक्ष खड्गजंग शाहीले जानकारी दिए । जिल्लामा पहिलो पटक आयोजना गरिएको खुला टी-२० क्रिकेट प्रतियोगिताले स्थानीय खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्ने अवसर दिनुका साथै खेल प्रेमीलाई हौसला प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत