बुधबार, फाल्गुन ६, २०८२

थाइल्यान्डविरुद्ध नेपालले दियो ८३ रनको झिनो लक्ष्य


गणेश विक


काठमाडौं । नेपालले थाइल्यान्डविरुद्ध ८३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले झिनो लक्ष्य प्रस्तुत गरेको हो ।

र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै ८२ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले २९ बलमा एक चौकासहित सर्वाधिक १७ रन जोडिकी छिन भने ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु वर्माले १० रनको मात्रै योगदान गर्न सकिने । अन्य नेपाली खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन नसकेी झिनो लक्ष्य दिएको हो ।

थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेट र चानिदा सुथिरुवाङ, नटया बूचाथम र सुलीपोर्न लाओमीले समान एक एक विकेट लिन सफल भएका थिए ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत