काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट बस खस्दा २३ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय मुग्लिन प्रमुख कार्यालयका अनुसारबस दुर्घटनामा बसमा सवार २८ मध्ये २३ जना घाइते भएका हुन्।
घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घाइते सबैको सनाखत
दैलखकी निशा शाही, बर्दिया मधुवनका ४१ वर्षका सेतुबहादुर घर्ती मगर, बर्दिया बाँसगढीकी ३० वर्षकी गिता राउत ओली, राप्ती सुनारीकी ३८ वर्षीया पार्वती राजकोटी, र बर्दिया बाँसगढीका ३९ वर्षका दिनेश बहादुर रिजाल, नुवाकोटकी २३ वर्षीया रञ्जना महत्तो रहेका छन्।
बाँकेका ३१ वर्षका राम लखन चौधरी, नुवाकोट बिदुरकी २८ वर्षकी प्रियना तामाङ, बाँके कोहलपुरका ३८ वर्षका पूर्णबहादुर मल्ल, बाँकेकी २५ वर्षकी पूजा कठायत र सोही स्थानकी ३४ बर्षकी राधा शाही रहेको प्रहरीले जनाएको छ।
बर्दियाका ३१ वर्षका एमन राना, बाँकेका ३५ वर्षका दिल कुमारी मगर, सोही स्थानका १४ वर्षका अभिषेक मगर, १२ वर्षकी अस्मी मगर, बाँके कोलपुरका १७ वर्षका मनन बुढा क्षेत्री, कैलाली लम्कीचुवाका १८ वर्षका महेश कठायत, सोही स्थानका ६९ वर्षका नक्खी बुढा मगर र सुर्खेत वीरेन्द्रनगरका ३७ वर्षका रमेश चौधरी रहेको प्रहरीले जनाएको छ।
यस्तै, बर्दियाका नेपालगञ्जकी ३९ वर्षीया रिता घर्ती, काठमाडौँ चन्द्रागिरीका ५० वर्षका पारस पाण्डे, सुर्खेत चिनगाडका २४ वर्षका दुर्गा बहादुर साउद रहेका छन्। यस्तै बस चालक बाँके कोहलपुरका २७ वर्षका राजन गिरी, बस स्टाफ ५१ वर्षका इन्द्रबहादुर थापा मगर, बस स्टाफ सल्यानका २५ वर्षका सुजन खत्री रहेको चितवन प्रहरीले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ