शनिबार, साउन ३, २०८२

सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक (भिडियो)


गणेश विक


काठमाडौं ।सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म ‘चेली’ सार्वजनिक भएको छ । स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ।
नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त आफ्नो बहिनी (चेली)लाइ गरिबीको कारण समयमै उपचार गर्न नसक्दा गुमाउदाको सत्य घटनाको पीडालाई भिडियोमा देखाइएको छ।
कलाकार बुद्धि तामाङ र रेखा लिम्बुको मुख्य अभिनय रहेको ‘चेली’मा टिकाराम घले , माया गुरुङ , सुनिता गाहा लगायत करिब १ दर्जन कलाकार हरुको अभिनय रहेको छ ।
सुजाता बस्यालको स्क्रिप्ट तथा निर्देशनमा बनेको भिडियोमा नेत्र लोज़ाको स्टोरी, सुबास शाहको सम्पादन ,रबिन बिकेको रंग संयोजन र विवेक विकेको सिनेमाटोग्राफी रहेकोम छ। म्युजिकल स्टोरी फिल्म ‘चेली’लाइ एम सिरिज ग्लोबल(M-Series Global ) ले निर्माण गरेको हो यस अघि पनि उक्त कम्पनीले निर्माण गरेका धेरै गीतलाई दर्शकको अत्याधिक रोजाइमा परेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत