बुधबार, फाल्गुन ६, २०८२

सानदार मःमः पसलमा ग्याँस विस्फोट हुँदा मृत्यु हुनेको संख्या ३ पुग्यो


गणेश विक


काठमाडौं । काठमाडौंकाे कमलपोखरीस्थित सानदार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ।

शुक्रबार घाइते थप एक जनाको मृत्यु भएको अभियन्ता उज्ज्वलविक्रम थापाले जानकारी दिएका छन् ।

अझै आठ जनाको स्वास्थ्य अवस्था जटिल रहेको उनको भनाइ छ ।

गत माघ २४ गते ग्यास विस्फोट हुँदा १४ जना घाइते भएका थिए ।

जसमध्ये ११ जनालाई अस्पताल लगिएको र तीनजना सामान्य घाइते भएका थिए । दुईजनाको यसअघि नै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विस्फोट हुँदा घाइते सबैको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ।

घाइते हुनेहरु मःमः पसलकै कामदार हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत