शनिबार, चैत्र ९, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका ३ कर्मचारी निलम्बन, २ जना बर्खास्त (अडियाे)

प्रकृति लम्साल मृत्यु प्रकरण : केआईआईटीका ३ कर्मचारी निलम्बन, २ जना बर्खास्त (अडियाे)


गणेश विक


भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले ५ जना कर्मचारीलाई निलम्बित गरेको छ ।

अडियाे जस्ताकाे तेस्तै

https://www.facebook.com/share/v/1DpeGj7bTo

नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा केआईआईटी कलेजले मंगलबार विज्ञप्ति जारी गर्दै दुई सुरक्षा कर्मचारीसहित ५ जनालाई निलम्बन गरेकाे हाे ।

कलेजले दुई सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको हाे भने दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कलेज प्रशासनले घटनाप्रति दुःख व्यक्त गर्दै कर्मचारीहरूले गरेको व्यवहार प्रति माफी समेत मागेको छ ।

यस्तै कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा मनाइरहेको उल्लेख गर्दै विद्यार्थीहरूको सुरक्षा र कल्याणलाई सबैभन्दा माथि प्राथमिकता दिने विज्ञप्तिमा लेखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत